प्रतिस्थापन (Substitution)
# प्रतिस्थापन सम्बन्धी प्रश्नहरुमा कुनै चीज वस्तुको प्रतिस्थापन(Substitute) राखिन्छ र यथार्थलाई प्रतिस्थापन सँग तुलना गरिन्छ । जस्तै :
उदाहरण: यदि कृषकलाई शिक्षक, शिक्षकलाई डाक्टर, डाक्टरलाई खेलाडी र खेलाडीलाई पसले भनिन्छ भने कसले पढाउँछ ?
A. डाक्टर B. कृषक C. शिक्षक D. खेलाडी
उत्तर: A.
डाक्टर ( यहाँ पढाउने काम शिक्षकले गर्छ र प्रश्नमा शिक्षकलाई डाक्टर भनिएकोले
सहि उत्तर डाक्टर हो । )
अन्य
प्रश्नहरु :
1. यदि आँखालाई हात, हातलाई मुख, मुखलाई कान, कानलाई नाक, नाकलाई जिब्रो भनिन्छ भने मानिसले के ले सुन्छ ?
A. आँखा B. हात C. जिब्रो D. नाक
2. यदि आकाशलाई तारा, तारालाई बादल, बादललाई पृथ्वी, पृथ्वीलाई रुख, रुखलाई किताब भनिन्छ भने चरा कहाँ
उड्छ ?
A.
आकाश B. बादल C.
तारा D. रुख
3. यदि सुन्तलालाई स्याउ, स्याउलाई खुर्सानी, खुर्सानीलाई केरा, केरालाई आँप भनिन्छ भने के
पिरो हुन्छ ?
A.
सुन्तला B. केरा C.
आँप D. स्याउ
4. यदि हरियोलाई सेतो, सेतोलाई पहेँलो, पहेलोलाई कालो, कालोलाई रातो, रातोलाई निलो, निलोलाई हरियो भनिन्छ भने
दुधको रङ्ग कस्तो हुन्छ ?
A.
पहेंलो B. निलो C.
हरियो D. रातो
5. If a room is called a bed, a bed is
called a flower and a flower is called a carpet, what does a man sleep on ?
A.
Room B. Bed C. Flower D. Carpet
0 Comments